मेस्सी चम्कदा अर्जेन्टिना सेमिफाइनलमा
आइतबार, २० असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । मेस्सी प्रेरित अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आईतबार बिहान अर्जेन्टिनाले इक्वेडरलाई ३–० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनालाई जित दिलाउन रोड्रिगो डी पल, लौराटो मार्टिनेज र लियोनल मेस्सीले समान एक एक गोल गरे ।
अर्जेन्टिनाले गरेको तीनै गोलमा मेस्सीको भूमिका रह्यो ।
मेस्सीको पासमा ४० औं मिनेटमा पलको गोलबाट अर्जेन्टिनाले अग्रता बनाएको थियो । मार्टिनेजले ८४ औं मिनेटमा मेस्सीको पासलाई सदुपयोग गर्दै अर्जेन्टिनालाई जिततर्फ डोर्याएका थिए ।
खेलको ईन्जुरी समयमा उत्कृष्ट फ्रिकिकमार्फत मेस्सीले अर्जेन्टिनालाई ३–० को जित दिलाए ।
अर्जेन्टिनाले फाईनल प्रवेशका लागि कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ ।






-1764294451367.webp&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)




-1764236044054.jpeg&w=3840&q=75)