काठमाडौं । आदीअवादी महिला भलिबल लिगमा चितवन टाईगर्सले विजयी सुरुवात गरेको छ । शनिबार भएको लिग चरणको पहिलो खेलमा चितवनले विभागीय टिम आर्मीलाई ३–० को सोझो सेटमा हराएको हो ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा चितवनले आर्मीविरुद्ध सहज जित निकाल्यो ।
पहिलो सेट २५–२१ ले जितेको चितवनले दोस्रो २५–१३ र तेस्रो २५–२२ ले आफ्नो पक्षमा पार्यो । दुई चितवन टाईगर्समा नेपाली सहित अमेरिकन खेलाडीको समेत उपस्थिती रहेको थियो ।
प्रतियोगिताको दोश्रो खेलमा पुलिसले पोखरा पिङकेजलाई २५–१३,२५–१४ र २५–११ को सोझो सेटमा हरायो ।
नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा अश्विन १७ गते सम्म संचालन हुनेछ । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागि टिमलाई दुई समूहमा बिभाजन गरिएको छ ।
न्यु डायमण्ड,चितवन टाईगर्स र आर्मी समूह ए छन् भने एपीएफ,पुलिस र पोखरा पिङ्केज समूह बीमा रहेका छन् ।
भलिबलको इतिहासमा सर्वाधिक पुरस्कार राखीको एभिएल बिजेताले ६ लाख नगद प्राप्त गर्ने छ । त्यस्तै उपबिजेताले ३ लाख र तेश्रो हुनेले १ लाख ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान स्कुटर र नगद ५० हजार प्राप्त गर्ने छन् ।