नेरिक र युरोले प्रथम इन्साइट भिजन थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । नेरिक ब्वाइज र युरो गल्र्समा च्याम्पियन बने ।
द इन्साइट भिजन कलेजको आयोजनामा विशाल मिलन केन्द्रको कोर्टको भएको ब्वाइज फाइनलमा नेरिकले ग्रेट मायालाई १६–१२ ले पराजित ग¥यो । नेरिकको जितमा पवन खत्रीले ८, अनमोल खत्रीले ४, प्रवेश थापा मगरले ३ तथा कृपेश घिमिरेले १ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा युरोले बूढानीलकण्ठलाई ९–३ ले हरायो । युरोकी ममता गुरुङले ६ स्कोर गरिन् । दुवै समूहका विजेताले समान ५–५ हजार र उपविजेताले समान ३–३ हजार नगद पुरस्कार प्राप्त गरे । साथै विजेता तथा उपविजेता टोलीका सम्पूर्ण खेलाडीले इन्साइटमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति समेत पाएका छन् ।
विजेतालाई वडा नं. ४ का अध्यक्ष मोहन विष्ट, इन्साइटका निर्देशक रामकृष्ण सिम्खडा, इन्साइटका प्रिन्सिपल भीमकुमार श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।