एजेन्सी । श्रीलंकाका अलराउण्डर थिसरा परेराले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका गरेका छन् ।
श्रीलंकाका पूर्व कप्तान समेत रहेका परेराले सोमबार सन्यास घोषणा गरेका छन् ।
३२ वर्षीय परेराले श्रीलंकाका लागि ६ टेस्ट र १ सय ६६ एकदिवसीय खेलेका छन् ।
यस्तै उनले ८४ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।
परेराले पछिल्लो पटक गत मार्चमा वेस्ट इन्डिजविरुद्धको सिरिज खेलेका थिए ।