काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टीको वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ ।
आइतबार आईसीसीले आइतबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।
नयाँ वरीयताको टी-ट्वान्टीतर्फ नेपाल १३ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १४ औं स्थानमा रहेको थियो ।
घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि जितेपछि नेपालको वरीयता सुधार हुँदै आइरहेको हो ।
नेपालको टी-ट्वान्टीमा उत्कृष्ट वरीयता ११ औं स्थान हो ।
टी-ट्वान्टीको नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्युजिल्याण्ड रहेका छन् ।
चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ ।
नेपालले एकदिवसीय वरीयतामा समेत सुधार गरेको छ ।
एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा रहेको छ ।
यस अघि १७ औं स्थानमा रहेको थियो ।
एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहदा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।