एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत कोलकत्ता नाइट राईडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल स्थगित भएको छ ।
कोरोना भाईरसको कारण अहमदाबादमा आज राति तय भएको कोलकत्ता र बैंगलोरबीचको खेल स्थगित गरिएको हो ।
कोलकत्ता र बैंगलोरबीचको खेल राति ७:४५ बजे सुरु हुने तालिका रहेको थियो ।
तर, कोलकत्ताका खेलाडीमा कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको हो ।
कोलकत्ताका वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना देखिएको बताईएको छ ।
कोलकत्ता ७ खेलमा ४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
बैंगलोर ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।