एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले जितका लागि मुम्बई इन्डियन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।
दिल्लीमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनायो ।
चेन्नईका लागि अम्बाती रायडु, फाप डु प्लेसिस र मोइन अलीले अर्धशतकीय इनिङ्स खेले ।
अविजित रहेका रायडुले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अलीले ५८ रनको इनिङ्स खेल्दा प्लेसिसले ५० रन बनाए ।
रविन्द्र जडेजा २२ रनमा अविजित रहे ।
मुम्बईका केइरन पोलार्डले २ विकेट लिए । ट्रेन्ट बोल्ट र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।
आज चेन्नई छैटौं जित निकाल्ने योजनामा रहेको छ । चेन्नई ६ खेलमा १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मुम्बईलाई हराएर चेन्नई शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
यता, साविक विजेता मुम्बई भने चौंथो जित निकाल्ने योजनामा रहेको छ ।
मुम्बई ६ खेलमा ६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।