एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा कोलकत्ता नाइट राईडर्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।
कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए ।
सुबमन गिलले ४३ रन जोड्दा पाट कुमिन्स ११ रनमा अविजित रहे ।
यस्तै राहुल त्रिपाठीले १९, नितिश रानाले १५ र दिनेश कार्तिकले १४ रन बनाए ।
कप्तान इयान मोर्गन र सुनिल नारिन सुन्य रनमा आउट भए ।
दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए ।
आज दिल्ली पाँचौ जित निकाल्ने योजनामा रहेको छ।
दिल्लीले ६ खेलमा ८ अंक जोडेको छ ।
दिल्ली तेस्रो स्थानमा रहेको छ ।
कोलकत्ता तेस्रो जितको खोजीमा छ ।
पाँचौ स्थानको कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।