काठमाडौं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टी क्रिकेटको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।
सार्वजनिक नयाँ वरीयता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलले छलाङ मारेका छन् ।
ब्याटिङ वरीयतामा कुशल ६१ औं स्थानमा उक्लिएका छन् । अघिल्लो वरीयतामा कुशल ९३ औं स्थानमा रहेका थिए ।
घरेलु भूमिमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल वरीयतामा परेका हुन् ।
नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिजमा कुशलले ४ अर्धशतक बनाएका थिए ।
नयाँ वरीयतामा नेपालका पूर्व कप्तान पारस खड्का ८८ औं स्थानमा रहेका छन् ।
यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा रहेका छन् ।
बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७७ औं स्थानमा रहेका छन् ।
नेपाल टी-ट्वान्टीको वरीयताको १४ औं स्थानाम रहेको छ ।