एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सनराईजर्स हैदराबादले चेन्नेई सुपर किंग्सलाई १ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दिल्लीमा बुधबार सुरुवातमा ब्याटिङ्ग गरेको हैदरावादले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
मनिष पाण्डेले ६१ रन बनाएको ईनिङ्समा डेभिड वार्नरले ५७ रनको योगदान गरे । केन विलियम्स २६ रनमा अविजित रहे । उनले ४ चौका र १ छक्काको मदतले १० बलमा सो रन बनाएका हुन् । जोनी बोयरथ्रो ७ रनमा आउट हुँदा केदार जादव १२ रनमा अविजित रहे ।
चेन्नेईका लुङ्गी गिडीले २ तथा साम कुरानले एक विकेट हात पारे ।
चेन्नई आज हैदरावादलाई हराएर शीर्ष स्थानमा उक्लने योजनामा रहेको छ । चेन्नई ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
हैदरावाद भने दोस्रो जित निकाल्ने योजनामा छ । हैदरावाद ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।