एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको आउने संस्करण सेन्ट किट्समा आयोजना हुने भएको छ ।
आगामी अगष्टमा आयोजना हुने सीपीएल सेन्ट किट्सको वार्नर पार्कमा हुने पक्का भएको हो ।
अगष्ट २८ बाट सुरु हुने प्रतियोगितामा कुल ३३ खेल हुनेछ ।
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले समेत सीपीएल क्रिकेट खेलिसकेका छन् ।
यस पटक मैदानको क्षमता भन्दा आधा समर्थकलाई प्रवेश दिईनेछ ।
आठ हजार दर्शक क्षमताको मैदानमा ४ हजारले मैदान गएर हेर्न पाउने छन् ।
अघिल्लो संस्करणको उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको थियो ।
फाइनलमा सेन्ट लुसिया जोउक्सलाई ८ विकेटले पराजित गर्दै ट्रिनबागोले उपाधि जितेको हो ।