एजेन्सी । इंग्ल्यान्डमा आयोजना हुने सन् २०२२ को कमनवेल्थ गेम्स अन्तर्गत क्रिकेट खेलमा सहभागिता जनाउने ७ राष्ट्रको टुंगो लागेको छ ।
प्रतियोगिताको क्रिकेटतर्फ सहभागिता जनाउने अन्तिम राष्ट्रको तय भएसँगै ७ राष्ट्रको टुंगो लागेको हो ।
कमनवेल्थ गेम्सका लागि छनोट हुने अन्तिम राष्ट्र वेस्ट इन्डिज रहेको छ । आईसीसीको अप्रिल-१ को टी-ट्वान्टी वरीयता अनुसार वेस्ट इन्डिजले सहभागिताको मौका पाएको हो ।
अब प्रतियोगितामा आयोजक इंग्ल्यान्डसँगै अष्ट्रेलिया, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र वेस्ट इन्डिजले खेल्ने छन् ।
अब कमनवेल्थ गेम्स २०२२ को जुलाई २८ देखि ८ अगष्टसम्म हुनेछ ।
यस्तै कमनवेल्थ गेम्स अन्तर्गत दुई खेल भारतमा हुनेछ ।
कमनवेल्थ गेम्स फेडेरेसनले दुई खेल आर्चरी र सुटिङ भारतको चन्द्रिगढमा गराउने निर्णय गरेको छ ।
प्रतियोगिताको अन्य सम्पूर्ण खेल भने इंग्ल्यान्डको बर्मिङघम शहरमा हुनेछ ।
प्रतियोगितामा ७१ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कम्तिमा २४ खेल समावेश हुने बताईएको छ ।