एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्सलाई जितका लागि १ सय ७२ रनको लक्ष्य दिएको छ ।
अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।
बैंगलोरका लागि एबी डी भिलियर्सले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै रजत पाटीदरले ३१ रन जोड्दा ग्लेन म्याक्स्वेलले २५ रन जोडे । कप्तान विराट कोहली १२ रनमा आउट हुँदा देबदुत पडिकलले १७ रन बनाए ।
दिल्लीका इशान्त शर्मा,कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १/१ विकेट लिए ।
आज दुबै टिम शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
आज दिल्ली पाँचौ जित निकाल्ने योजनामा रहेको छ ।
दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
दिल्ली ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
बैंगलोर पनि पाँचौं जित निकाल्ने योजनामा रहेको छ ।
बैंगलोर दिल्लीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
बैंगलोर ८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।