एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ ।
अहमदाबादमा हुने खेलमा पन्जाब किङ्स र कोलकत्ता नाइट राईडर्सबीच प्रतिस्पर्धा हुनेछ ।
पन्जाब र कोलकत्ताबीचको खेल साँझ ७:४५ बजे सुरु हुनेछ ।
आज पन्जाब तेस्रो जित निकाल्ने योजनामा हुनेछ ।
पन्जाबले ५ खेलमा ४ अंक जोडेको छ ।
पन्जाब तालिका पाँचौं स्थानमा रहेको छ ।
कोलकत्ता भने दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।
कोलकत्ता ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
पन्जाब र कोलकत्ताबीचको पछिल्लो प्रतिस्पर्धामा कोलकत्ता हाबी देखिदै आएको छ ।
पछिल्लो पाँच भेटमा कोलकत्ताले ४ खेल जितेको छ ।
अघिल्लो सिजन भएको दुई भेटमा पन्जाबले एक खेल जितेको थियो ।