एजेन्सी । पाकिस्तानले घरेलु टिम जिम्बावेविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
हरारेमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा जिम्बावेलाई २४ रनले हराएर पाकिस्तानले सिरिज २-१ ले जितेको हो ।
पाकिस्तानले दिएको १ सय ६६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।
जिम्बावेका लागि वेल्से माधिभेरेले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मारुमानीले ३५ रन जोड्दा ब्रेण्डन टेलरले २० रन जोडे ।
पाकिस्तानका हसन अलीले ४ तथा हरिस राउफले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले अविजित रहदै ९१ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान बाबर आजमले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
जिम्बावेका लुक जुङ्वेले ३ विकेट लिए ।