एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले कोलकत्ता नाईट राईडर्सलाई ६ विकेटले हराएको छ ।
शनिबार पुछारमा रहेका दुई टिम बीचको खेलमा राजस्थानले जित निकालेको हो ।
१ सय ३४ रनको लक्ष्य राजस्थान रोयल्सले ४ विकेट गुमाएर ७ बल अगावै भेट्टायो ।
राजस्थानको जितमा सन्जु सामसनले अविजित ४२ रनको ईनिङ्स खेले । डेभिड मिल्नर २४ रनमा अविजित रहदाँ एसहस्वी जयसवाल र सिभम दुबेले समान २२ रन बनाए । ओपनर जोस बटलर ५ रनमा आउट भएको खेलमा राहुल तिवाती ५ रनमा पोविलियन फर्किए ।
कोलकत्ताका वरुण चक्रवत्तीले सर्वाधिक २ तथा शिवम माभी र प्रशिद्ध कृष्णले समान एक एक विकेट लिए ।
यसअघि, राजस्थानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्गमा उत्रिएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ३३ रन बनायो ।
कोलकत्ताका लागि राहुल त्रिपाठले सर्वाधिक ३६ रन बनाए । दिनेश कात्तिक २५, नितिस राना २२, सुभमन गिल ११, सुनिल नारिन ६, इयान मोर्गान शुन्य, आन्द्रे रसेल ९ रन, प्याट कुमिन्स ५ रनमा आउट भए । प्रसिद्ध कृष्ण शुन्य रनमा अविजित रहे ।
राजस्थानका क्रिस मोरिसले सर्वाधिक ४ विकेट लिए । जयदेव, चेतन साकिरिया र मुस्ताफिर रहमानले समान एक एक विकेट लिए ।
तालिकाको पुछारमा रहेको राजस्थानले जित निकाल्दै अंक तालिकामा सुधार गरेको छ । राजस्थान २ खेलबाट ४ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ ।
कोलकत्ता २ अंक सहित तालिकाको पुछारमा छ ।