काठमाडौं । नेपालका युवा ब्याट्सम्यान कुशल भुर्तेल घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा प्लेयर अफ दि सिरिज चुनिएका छन् ।
शनिबार नेपाललाई सिरिजको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका भुर्तेल प्लेयर अफ दि सिरिज चुनिएका हुन् ।
प्लेयर अफ दि सिरिज बनेका भुर्तेलले पल्सरको एनएस-२०० सीसीको मोटरसाइकल प्राप्त गरे ।
कुशलले सिरिज भर २ सय ७८ रन बनाएका थिए । जसमा उनले ४ अर्धशतक बनाएका थिए ।
कुशल एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।
यस अघि कुशलले डेब्यु खेलपछि लगातार तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।
डेब्यु खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका थिए ।
नेदल्यान्ड्सविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले नेदरल्यान्ड्सविरुद्ध २ तथा मलेसियाविरुद्ध १ अर्धशतक प्रहार गरेका थिए ।
उनले नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेलमा ४१ बलमा अर्धशतक बनाएका थिए । कुशलले नेदरल्यान्ड्सविरुद्धको पहिलो तथा डेब्यु खेलमा ६२ रन बनाएका थिए ।
यस्तै मलेसियाविरुद्ध कुशलले अविजित रहदै ६१ रनको इनिङ्स खेलेका थिए ।