काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालका युवा ब्याट्सम्यान कुशल मल्लले अर्धशतक बनाएका छन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि मल्लले अर्धशतक बनाएका हुन् ।
मल्लले २४ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा उनले २ चौका र ५ छक्का प्रहार गरे ।
यससँगै कुशलले टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गर्ने कीर्तिमान बनाएका छन् ।
कुशलले १७ वर्ष ५० दिनको उमेरमा अर्धशतक बनाएका हुन् ।
यस अघि यस कीर्तिमान युगान्डाका ब्याट्सम्यान फ्रान्क अक्कांवासाको नाममा रहेको थियो । उनले १७ वर्ष ५२ दिनमा अर्धशतक बनाएका थिए ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा मल्लको यो पहिलो अर्धशतक हो ।
उनले सन् २०१९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।