एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इन्डियन्सले पन्जाब किङ्सलाई जितका लागि १ सय ३२ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन बनायो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै सूर्यकुमार यादवले ३३ रन जोड्दा केइरन पोलार्डले अविजित रहदै १६ रन बनाए ।
पन्जाबका रबि बोस्नाई र मोहमद शामीले २/२ विकेट लिए । दिपक होडा र अश्रदिप सिंहले १/१ विकेट लिए ।
आज पन्जाब स्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । अघिल्ला ४ खेलमा पन्जाबले १ जित र ३ हार व्यहोरेको छ ।
पन्जाब ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
साविक विजेता मुम्बई तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।
मुम्बई ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।