एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
चेन्नईमा हुने पन्जाब र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
पन्जाब आज दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । अघिल्ला ४ खेलमा पन्जाबले १ जित र ३ हार व्यहोरेको छ ।
पन्जाब ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
साविक विजेता मुम्बई तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।
मुम्बई ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा मुम्बई हाबी हुँदै आएको छ ।
पछिल्लो पाँच भेटमा मुम्बईले ३ खेल जितेको छ । पन्जाबले २ खेल जितेको छ ।
अघिल्लो संस्करणको दुई भेटमा दुबै टिमले एक एक जित निकालेका थिए ।