काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत लिगको अन्तिम खेलमा नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले मलेसियालाई जितका लागि २ सय १८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनायो ।
नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेललाई मोहम्मद आफिकले गरेको पाँचौ ओभरको पहिलो बलमा स्लिपमा रहेको साद अजिजले क्याच गर्दै पेभिलियन फर्काएका थिए ।
कुशलले १२ बलमा २ छक्का सहित १६ रनको योगदान दिए ।
त्यसपछि मैदान आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्का ओपनर आसिफ शेखसँग ७३ रनको साझेदारी गरेका थिए । तर, उनी १२ औं ओभरको पहिलो बलमा लामो सट खेल्ने चक्करमा लङअनमा क्याच आउट हुन पुगे ।
अनवर रहमानको बलमा लङनमा रहेका मोहम्मद वाफिकले क्याच गर्दै मल्ललाई पेभिलियन फर्काएका थिए । मल्लले २५ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४१ रन जोडे ।
सोही ओभरमा नेपालले तेस्रो विकेटको रुपमा ओपर शेखलाई गुमायो । आसिफ पाँचौ बलमा एलबीडब्लुको सिकार बन्न पुगे । ३२ बल खेलेका आसिफले समान ३ चौका र छक्काको मद्दतमा ४२ रनको योगदान दिएका थिए ।
चौथो विकेटको रुपमा नेपालले विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीलाई गुमायो । ८ रनमा खेली रहेका भण्डारी १६ औं ओभरको दोस्रो बलमा लामो सट खेल्ने चक्करमा लङअनमा शर्विन मुनियान्दीले क्याच गरेका थिए ।
पाँचौ विकेटको रुपमा उपकप्तान दिपेन्द्र सिंह ऐरी पेभिलिनय फर्किए । उनी १६ औं ओभरको चौथो बलमा कभरका कट विहाइन्ड आउट भएका थिए । ऐरीले १७ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३३ रन जोडे ।
छैटौं विकेटको रुपमा मैदानबाट बाहिरिएका करण केसीले निकै नै आक्रमक ब्याटिङ गर्दै ४५ रन जोडे । उनले मात्र १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ रन जोडेका थिए । करण साद अजिजले गरेको अन्तिम ओभरको पहिलो बलमा क्याच हुँदै पेभिलियन फर्किएका थिए ।
त्यसपछि मैदान आएका सोमपाल कामी दुई रनमा एलबीडब्लु आउट भए । कुशल मल्ल १० रनमा २ छक्का सहित १९ रनमा अविजित रहे ।
मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई विकेट लिए । त्यस्तै मोहम्मद आफिकले एक विकेट लिए ।