बलर अहमदलाई ५ वर्षको प्रतिबन्ध
बुधबार, ०८ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । युनाइटेड अरब इमिरेट्स (युएई) का बलर कादिर अहमद खानलाई ५ वर्षको प्रतिबन्ध लागेको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको हो ।
आईसीसीले 'एन्टी करप्सन कोड' उलंघन गरेको भन्दै अहमदलाई ५ वर्षको प्रतिबन्ध लगाएको हो ।
आईसीसीले ३५ वर्षीय बलरलाई गत वर्ष नै निलम्बन गरेको थियो ।
आईसीसीले उनीमाथि एन्टी करप्सन कोडको विभिन्न ६ नियम उलंघन गरेको आरोप लगाएको छ ।
‘उसले गलत गरेको स्वीकार गर्यो । र उनलाई क्रिकेटका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी पाँच वर्षकालागि प्रतिबन्ध गर्यौ,’ उनले भने, ‘उनी आफ्नो गल्तीप्रति लज्जित छन् ।’
यस अघि आईसीसीले युएईका क्रिकेटर मोहमद नाभिद र शाइमन अनवरलाई ८ वर्षको प्रतिबन्ध लगाएको थियो ।
खेल मिलेमतो (म्याच फिक्सिङ) मा दोषी पाईएपछि आईसीसीले दुबैलाई प्रतिबन्ध गरेको हो ।











-1767098144368.jpg&w=3840&q=75)



-1767081985409.jpeg&w=3840&q=75)
