एजेन्सी । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले कोलकत्ता नाइट राईडर्सलाई जितका लागि २ सय २१ रनको लक्ष्य दिएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रन बनायो ।
चेन्नईका लागि फाप डु प्लेसिसले अविजित रहदै ९५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै रुतुराज गायकवाडले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।
मोइन अलीले २५ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले १७ रन बनाए ।
रविन्द्र जडेजा ६ रनमा अविजित रहे ।
कोलकत्ताका वरुण चक्रवर्ती, सुनील नारिन र आन्द्रे रसेलले १/१ विकेट लिए ।
आज कोलकत्ता दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
कोलकत्ताले ३ खेलमा २ अंक जोडेको छ ।
चेन्नई भने तेस्रो जितको खोजीमा हुनेछ ।
चेन्नईले ३ खेलमा ४ अंक जोडेको छ ।