एजेन्सी । किंग्स इलेभेन पञ्जाबलाई हराउँदै सनराईजर्स हैदराबादले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा पहिलो जित दर्ता गरेको छ ।
मंगलबार भएको खेलमा सनराईजर्सले पञ्जाबलाई ९ विकेटले हराएको हो ।
प्छिल्ला ४ खेलमा सनराईजर्सले पहिलो जित दर्ता गरेको हो । सनराईजर्स ४ खेलबाट २ अंक जोड्दै तालिकाको पाँचौ स्थानमा छ । पञ्जाब समान अंक सहित तालिकाको पुछारमा छ ।
१ सय २१ रनको सामान्य लक्ष्य सनराईजर्सले ८ बल अगावै मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
सनराईजर्सको जितमा जोनी बेयरस्ट्रोले ६३ रनको अविजित ईनिङ्स खेले । डेविड वार्नरले ३७ रन बनाए । केन विलियम्स १६ रनमा अविजित रहे । पञ्जाबका फाबियन एलनले एक विकेट लिए ।
यसअघि चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो ।
पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२/२२ रन जोडे ।
क्रिस गेलले १५ रन जोड्दा मोइसेस हेन्रिक्सले १४ रन बनाए । दिपक होडा १३ रनमा आउट भए ।
पन्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिएका थिए ।