एजेन्सी । घरेलु टिम जिम्बावेविरुद्धको पहिलो टी-ट्वान्टीमा पाकिस्तान विजयी भएको छ ।
हरारेमा बुधबार भएको खेलमा पाकिस्तान ११ रनले विजयी भएको हो ।
पाकिस्तानले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको जिम्बावेले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो ।
जिम्बावेको क्रेग इर्भिनले सर्वाधिक ३४ रन जोडे । लुक जुङ्वेले अविजित ३० रन जोड्दा तिनासेले २९ रन बनाए ।
पाकिस्तानका उस्मान कदिरले ३ विकेट लिए । मोहमद हसनेनले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहमद रिजवानले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेले ।
डानिस अजिजले १५ रन जोड्दा फखर जमानले १३ रन बनाए ।
जिम्बावेका वेल्से माधेभेरा र लुक जुङ्वेले २/२ विकेट लिए ।
यस जितसँगै पाकिस्तानले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।