एजेन्सी । पन्जाब किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सनराईजर्स हैदरावादलाई जितका लागि १ सय २५ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय २० रन बनायो ।
पन्जाबका लागि मायांक अग्रवाल र शाहरुख खानले समान २२/२२ रन जोडे ।
क्रिस गेलले १५ रन जोड्दा मोइसेस हेन्रिक्सले १४ रन बनाए । दिपक होडा १३ रनमा आउट भए ।
पन्जाबलाई सस्तैमा रोक्न हैदरावादका खलिल अहमेदले ३ विकेट लिए । अविशेक शर्माले २ विकेट लिए ।
आज पन्जाब दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पन्जाबले ३ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
हैदरावाद भने पहिलो जितको खोजीमा रहेको छ ।
पुछारमा रहेको हैदरावादले ३ खेलमा ३ खेल नै गुमाएको छ ।