काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत अहिले नेदरल्यान्ड्स र मलेसियाबीच प्रतिस्पर्धा भईरहेको छ ।
टियु क्रिकेट मैदानमा वर्षाले प्रभावित खेलमा नेदरल्यान्ड्सले डीएल पद्दतिको आधारमा मलेसियालाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ ।
वर्षाको कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १ सय ७ रन बनायो । तर, डीएल पद्दतिको आधारमा मलेसियाले नयाँ लक्ष्य पाएको हो ।
नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान पिटर सेलारले ३७ रन जोडे । टोबीआस भिसी र बास डी लिडी सुन्य रनमा आउट भए ।
एन्टोनीयस स्टाल १० रनमा अविजित रहे ।
मलेसियाका मुहमद वाफिकले २ विकेट लिए । पवनदिप सिंह र भीरनदीप सिंहले १/१ विकेट लिए ।
आज नेदरल्यान्ड्स मलेसियालाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
तीन खेलमा ४ अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ । मलेसियालाई हराएमा नेदरल्यान्ड्सले फाइनलमा स्थान बनाउने छन् ।
यता, मलेसिया भने पहिलो जितको खोजीमा रहेको छ ।
मलेसिया पनि नेदरल्यान्ड्सलाई हराएर फाइनल पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
मलेसियालाई फाइनल पुग्न अब बाँकी रहेको दुई खेल जित्नै पर्ने दबाब रहेको छ ।
दुई खेलमा अंक जोड्न नसकेको मलेसिया पुछारमा रहेको छ । नेपाल ३ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।
नेदरल्यान्ड्ससँगको खेल गुमाएमा मलेसिया बाहिरिनेछ । नेदरल्यान्ड्स र नेपाल भने फाइनल पुग्नेछ ।
सिरिज अन्तर्गतको पहिलो भेटमा नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको थियो । मलेसिया पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।