एजेन्सी । भारतले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिता आयोजनाका लागि आईसीसीलाई ९ खेल स्थलको प्रस्ताव गरेको छ ।
भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको एपेक्स काउन्सिलले ९ स्थानमा विश्वकप आयोजना गर्नका लागि प्रस्ताव गरेको हो ।
प्रस्तावित खेल स्थलमा अहमदाबाद, बेंगलुरु, चेन्नई, दिल्ली, धर्मशाला, हैदरावाद, कोलकत्ता, लखनउ र मुम्बई रहेको छ ।
कोरोनाको महामारीलाई मध्यनजर गर्दै प्रस्तावित खेल स्थलबाट अन्तिम खेल स्थलको छनोट गरिनेछ ।
विश्वकप आयोजनाको खेल स्थल छनोट गर्न आईसीसीको टिमले अप्रिल २६ मा भारतको भ्रमण गर्ने बताईएको छ ।
२०२१ मा आयोजना हुने विश्वकप अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ ।
विश्वकपमा १६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।