एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १ सय ३८ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो ।
मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।
इशान किशनले २६ रन जोड्दा सूर्यकुमार यादवले २४ रन बनाए । जयन्त यादवले २३ रन बनाए ।
दिल्लीका अमित मिश्राले ४ विकेट लिए । आभेस खानले २ विकेट लिए ।
दिल्ली आज तेस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । अघिल्ला ३ खेलमा दिल्लीले २ जित र एक हार व्यहोरेको छ ।
दिल्ली ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
साविक विजेता मुम्बई पनि तेस्रो जित निकाल्ने योजनामा रहेका छन् ।
मुम्बई ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।