बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. नेपाललाई फाइनल पुग्ने अवसर

नेपाललाई फाइनल पुग्ने अवसर

२०२१ अप्रिल २०, मङ्गलबारखेलपाटी संवाददाता

नेपाललाई फाइनल पुग्ने अवसर

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

टियु क्रिकेट मैदानमा नेपालले तेस्रो खेलमा नेदरल्यान्ड्स खेल्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो १:१५ बजे सुरु हुनेछ ।

नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।

सिरिजको दुई खेलमा नेपाल अपराजित रहेको छ । नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ ।

नेपाल तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल नेदरल्यान्ड्सलाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

नेदरल्यान्ड्स पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।

दुई खेक गुमाएको मलेसियाले अंक जोड्न सकेको छैन ।

राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।

नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगाबै फाइनल पुग्ने समीकरण रहेको छ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई सहजै ९ विकेटले हराएको नेपाल दोस्रो भेटमा पनि त्यहिँ नतिजा निकाल्ने योजनामा रहेको छ ।

तर, बलियो टिम नेदरल्यान्ड्सविरुद्ध नेपाललाई सहज भने हुने छैन ।

कोरोना भाईरसको महामारीको कारण दर्शकलाई निषेध गरिएको छ । दर्शक बिना मैदान उत्रदा नेपाललाई केहि घाटा भने हुनेछ ।

पहिलो खेलमा नेपालसँग स्तब्ध भएको नेदरल्यान्ड्सले दोस्रो खेलमा मलेसियामाथि जित निकालेको थियो ।

म्याक्सले शतक बनाएपछि नेदरल्यान्ड्सले मलेसियालाई १५ रनले हराएको हो ।

May be an image of 2 people, people playing sports, people standing and text

नेपाल र नेदरल्यान्ड्स - हेड टु हेड

नेपालको लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले सर्वाधिक टी-ट्वान्टी नेदरल्यान्ड्सविरुद्ध खेलेको छ ।

यस सिरिजमा दुबै टोली उपाधि दाबेदार हुन् । एसोसिएट राष्ट्रको एक बलियो टोली नेदरल्यान्ड्सलाई घरेलु भूमिमा हराउनु नेपाललाई ठुलो चुनौती छ । यस्तै नेदरल्यान्ड्सलाई समेत नेपाली समर्थकसामु खेल्न सहज हुने छैन ।

हालसम्म नेपालले नेदरल्यान्ड्ससँग ९ टी-ट्वान्टी खेल खेलेको छ । जसमा ७ टी-ट्वान्टी अन्तराष्ट्रिय रहेको छ भने २ टी–ट्वान्टी खेल रहेको छ । नेपालले कुनैपनि राष्ट्रसँग खेलेको यो खेल सर्वाधिक हो ।

नेपालले ८ खेलमा ३ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलमा जित हात पारेको छ भने नेदरल्यान्ड्सले ५ खेलमा दुई टी ट्वान्टी र तीन अन्तरष्ट्रियमा जित निकालेको छ ।

नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट सन् २०१२ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटमा भएको थियो । सो खेलमा नेपालले मात्र ८५ रन बनाउँदा नेदरल्यान्ड्सले ६ विकेटको सहज जित निकालेको थियो ।

सन् २०१३ मा पुनः विश्वकप छनोटमा समेत नेपाल १ सय ७ रन जोड्दा नेदरल्यान्ड्सले ५ विकेटको जित हात पार्यो ।

दुबै राष्ट्रको पहिलो टी ट्वान्टी अन्तराष्ट्रिय खेल सन् २०१५ मा भएको थियो । सन् २०१४ मा टी ट्वान्टी विश्वकप खेलेपछि पाएको एतिहासिक टी–ट्वान्टी मान्यतापछि नेपाल नेदरल्यान्ड्स भ्रमणमा निस्किएको थियो । चार खेलको भ्रमण सिरिजमा नेपालले मात्र १ खेलमा जित हात पार्यो, जुन नेपालले नेदरल्यान्ड्समाथि पहिलो पटक जित दर्ता गर्न सफल भयो ।

पहिलो खेलमा १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले मात्र १ सय १६ रन बनाउन सक्यो । दोस्रो खेलमा नेपालले लज्जास्पद हार व्यहोर्यो । १ सय ७२ रनको ठुलो लक्ष्य पछ्याउने क्रममा नेपाल मात्र ६९ रनमा समेटियो ।

नेदरल्यान्ड्सविरुद्ध नेपालले बनाएको यो नै सबै भन्दा कम रन हो । तेस्रो खेलमा १ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १ सय ३१ रन बनायो ।

सिरिज अन्तिम खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई पहिलो पटक पराजित गर्न सफल भयो । १ सय ४० रन पछ्याएको नेपालले २ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

May be an image of one or more people, people standing, people playing sports and text that says 'khel com पाटीkhelpati.com टी khelpati.com खेलपाटी khelpa 108'

सन् २०१८ को इंग्ल्यान्ड भ्रमणमा नेपालले नेदरल्यान्ड्स र मेरिलिबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक सिरिज खेल्यो । जसमा नेपाल र नेदरल्यान्ड्स बीचको खेल वर्षाले प्रभावित भयो ।

नेपालमा जारी सिरिज अघि नेदरल्यान्ड्स र नेपालले ओमानमा २०१९ मा भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी सिरिजमा प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ४ विकेटले पराजित गरेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

पाकिस्तानको जितमा अब्दुल्लाहको ह्याट्रिक

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

माल्दिभ्सको पोस्टमा भारतको आधा दर्जन गोल

पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित