एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्सलाई जितका लागि १ सय ८९ रनको लक्ष्य दिएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो ।
चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ३३ रन जोडे । यस्तै अम्बाती रायडुले २७ रन जोड्दा मोइन अलीले २६ रन बनाए ।
ड्वेन ब्राभो २० रनमा अविजित रहे ।
कप्तान महेन्द्र सिंह धोनी र सुरेश रैना समान १८/१८ रनमा आउट भए ।
साम कुरन १३ रनमा आउट हुँदा रुतुराज १० रनमा आउट भए ।
राजस्थानका चेतन शाकरियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए ।
आज दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
चेन्नई दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । अघिल्ला दुई खेलमा चेन्नईले एक जित र एक हार व्यहोरेको छ ।
चेन्नई २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
राजस्थान रोयल्स पनि दोस्रो जित निकाल्ने योजनामा रहेका छन् ।
राजस्थान २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।