एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा पन्जाब किङ्सले दिल्ली क्यापिटल्सलाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९५ रन बनायो ।
पन्जाबका लागि ओपनरद्वय मायांक अग्रवाल र लोकेश राहुलले अर्धशतकीय इनिङ्स खेले ।
अग्रवालले ६९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान राहुलले ६१ रनको अर्धशतकीय इनिङ्स खेले ।
दिपक होडाले अविजित २२ रन जोड्दा शाहरुख खानले अविजित रहदै १५ रन जोडे ।
क्रिस गेल ११ तथा निकोलस पुरन ९ रनमा आउट भए ।
दिल्लीका क्रिस वोक्स, लुकम्यान मेरिवाला, अभेस खान र कागिसो राबडाले १/१ विकेट लिए ।