बैंगलोरद्वारा कोलकत्तालाई २ सय ५ रनको लक्ष्य

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेल र एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले । म्याक्सवेलले ४९ बलमा ९ चौका र ३ छक्कासहित ७८ रन बनाए ।
विस्फोटक ब्याटिङ गरेका डी भिलियर्सले ३४ बलमा ९ चौका र ३ छक्कासहित अविजित रहदै ७६ रन बनाए ।
देवदुत पडिकलले २५ रन जोड्दा केली जेमिसनले अविजित ११ रन बनाए ।
कप्तान विराट कोहली ५ रनमा आउट भए ।
कोलकत्ताका वरुण चक्रवर्तीले २ तथा पाट कुमिन्स र प्रशिद्द कृष्णले १/१ विकेट लिए ।
आज बैंगलोर लगातार तेस्रो जित निकाल्ने योजनामा रहेको छ ।
बैंगलोर तेस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ । बैंगलोर दोस्रो स्थानमा रहेको छ ।
कोलकत्ता भने दोस्रो जितको खोजीमा हुनेछ ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)

