काठमाडौं । म्याक्स ओ'डोडको शतकको मद्दतले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा नेदरल्यान्ड्सले मलेसियालाई १ सय ९२ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको हो ।
नेदरल्यान्ड्सका लागि ओपनर म्याक्सले अविजित रहदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले । उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेलेका हुन् ।
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन् ।
यसअघि नेदरल्यान्ड्सका लागि कप्तान पिटर सेलरले अविजित ९६ रनको इनिङ खेलेका थिए ।
तेस्रो ओभरको पहिलो बलमा नेदरल्यान्ड्सले टोविएस विसीलाई पहिलो विकेटको रुपमा गुमाएको थियो । एक रनमा खेलिरहेका उनी पवनदीप सिंहको बलमा बोल्ड आउट हुन पुगेका थिए ।
त्यसपछि मैदान प्रवेश गरेका स्कट एडवार्डले म्याक्ससँग मिलेर नेदरल्यान्ड्सको इनिङ्स सम्हालेका थिए । स्कटले म्याक्ससँग ४९ रनको साझेदारी गरेका थिए ।
स्कटले २३ बल खेल्दा ३ चौका र एक छक्काको मद्दतमा ३१ रनको योगदान दिए । तर, उनी अन्वर रहमानले गरेको नवौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुन पुगे । बेल कोपरले म्याक्ससँग १२५ रनको साझेदारी गरे ।
एडवार्डको स्थानमा मैदान प्रवेश गरेका कोपरले २० बलमा २ छक्कासहति २० रनमा अविजित रहे ।
मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले एक एक विकेट लिए ।