एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बई इन्डियन्सले सनराईजर्स हैदरावादलाई जितका लागि १ सय ५१ रनको लक्ष्य दिएको छ ।
चेन्नईमा पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनायो ।
मुम्बईका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए ।
यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए । इशान किशन १२ रनमा आउट हुँदा सुर्य कुमार यादवले १० रन बनाए ।
हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए ।