एजेन्सी । चेन्नई सुपर किङ्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
मुम्बईमा शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले पहिलो जित दर्ता गरेको हो ।
वान्ग्खडे स्टेडियममा पन्जाबले दिएको १ सय ७ रनको लक्ष्य चेन्नईले १५ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा मोइन अलिले ४६ रनको योगदान दिए । यस्तै फाप डु प्लेसिसले अविजित रहदै ३६ रन बनाए ।
पन्जाबका मोहमद शामीले २ विकेट लिए । आश्रदिप सिंह र मुरुगान आश्विनले १/१ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
पन्जाबका लागि शाहरुख खानले सर्वाधिक ४७ रन बनाए । जे रिचार्डसनले १५ रन जोडे ।
यस्तै क्रिस गेल र दिपक होडाले समान १०/१० रन बनाए ।
चेन्नईका दिपक चाहरले ४ विकेट लिए ।
जितसँगै चेन्नईले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटलससँग ७ विकेटले पराजित भएको थियो ।
पन्जाबको यो पहिलो हार हो । पहिलो खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो ।
पन्जाबले २ खेलमा २ अंक जोडेको छ ।