स्टोक्स १२ हप्ता मैदान बाहिर
शुक्रबार, ०३ बैशाख २०७८खेलपाटी संवाददाता
एजेन्सी । इंग्ल्यान्डका अलराउण्डर बेन स्टोक्स १२ हप्ता मैदान बाहिर रहने भएका छन् ।
हातको औलाको चोटको कारण स्टोक्स १२ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको दौरान स्टोक्सले चोट बोकेका थिए ।
राजस्थान रोयल्सका अलराउण्डर स्टोक्सले पन्जाब किङ्सविरुद्धको खेल चोट बोकेका थिए ।
उनको बायाँ हातको चोर औला भाचिएको बताईएको छ ।
चोटकै कारण स्टोक्सले आईपीएलको बाँकी खेलहरु समेत गुमाउने छन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

