एजेन्सी । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
बीसीसीआईले सन् २०२०/२१ को लागि सेन्ट्रल कन्ट्रयाक्टमा पर्ने २८ खेलाडी सार्वजनिक गरेको हो ।
बीसीसीआईले खेलाडीको वर्गीकरण 'ए' प्लस, 'ए' 'बी' र 'सी' गरि ४ श्रेणीमा गरेको छ ।
वर्गीकरण अनुसार 'ए' प्लसमा कप्तान विराट कोहली, रोहित शर्मा र जस्प्रित बुम्राह रहेका छन् ।
बीसीसीआईले 'ए' प्लस, 'ए' 'बी' र 'सी' श्रेणीका खेलाडीले क्रमश ७ करोड, ५ करोड, ३ करोड र १ करोड पाउने जनाएको छ ।
नयाँ सेन्ट्रल कन्ट्रयाक्टमा अनुसार कुलदिप यादव र युजभेन्द्र चाहल 'सी' मा घटुवा भएका छ ।
सुबमन गिल, अक्षर पटेल र मोहमद सिराज पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा परेका छन् ।