एजेन्सी । दक्षिण अफ्रीकाका तीव्र गतिका बलर कागिसो राबडा १४ औं संस्करणको आईपीएलका लागि दिल्ली क्यापिटल्सको टिममा सामेल भएका छन् ।
क्वारेन्टिनमा रहेका राबडा बुधबार दिल्लीको टोलीमा समेल भएका हुन् ।
दिल्लीले होटलको क्वारेन्टिनमा रहेका राबडा टिमको प्रशिक्षणमा सामेल भएको जनाएको छ ।
राबडाले बिहीबार हुने राजस्थान रोयल्सविरुद्ध हुने खेलका लागि उपलब्ध हुने बताईएको छ ।
राबडा गत अप्रिल ६ बाट मुम्बईको होटेल क्वारेन्टिनमा बसेका थिए । उनी पाकिस्तानविरुद्ध दुई एकदिवसीय खेलपछि भारत पुगेका थिए । त्यसपछि उनी सात दिन क्वारेन्टिनमा बसेका थिए ।
राबडाले दिल्लीको प्लेइङ-११ मा टम कुरानको स्थान लिन सक्ने छन् ।
गत सिजन राबडाले सर्वाधिक ३० विकेट लिदै पर्पल क्याप जितेका थिए । उनले ८.३४ को इकोनोमीमा ३० विकेट लिएका थिए ।
उनकै महत्वपूर्ण योगदानमा दिल्ली गत सिजन पहिलो पटक आईपीएलको फाइनलमा पुगेको थियो ।
दिल्लीको टोलीमा एनरिच नोर्किया र इशान्त शर्मा अहिलेसम्म उपलब्ध छैनन् । त्यसैले पनि राबडा दिल्लीका लागि खेल्नु महत्वपूर्ण रहनेछ ।