एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
चेन्नईमा बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो ।
एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो ।
हैदरावादका लागि कप्तान डेभिड वार्नरले ५४ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जिताउन सकेनन् ।
यस्तै मनिस पाण्डेले ३८ रन जोड्दा राशिद खानले १७ रन बनाए । जोनी बेयर्स्टो १२ रनमा आउट भए ।
बैंगलोरका शाहबाज अहमेदले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान बिराट कोहलीले ३३ रन जोडे । शाहबाज अहमेदले १४ तथा देबदुत पडिकलले ११ रन बनाएर आउट भए ।
केली जेमिसनले १२ रन बनाए ।
हैदरावादका जासन होल्डरले ३ विकेट लिए । राहिद खानले २ तथा भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक एक विकेट लिए ।
जितसँगै बैंगलोर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बैंगलोरले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा बैंगलोरले साविक विजेता मुम्बईलाई २ विकेटले हराएको थियो ।
हैदरावादको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा हैदरावाद कोलकत्ता नाइट राइडर्ससँग १० रनले पराजित भएको थियो ।
हैदरावादले २ खेलमा अंक जोड्न सकेको छैन ।