बैंगलोरद्वारा हैदरावादलाई १ सय ५० रनको लक्ष्य
बुधबार, ०१ बैशाख २०७८खेलपाटी संवाददाता

एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदरावादलाई १ सय ५० रनको लक्ष्य दिएको छ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनायो ।
एमए चिदंबरम स्टेडियममा बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान बिराट कोहलीले ३३ रन जोडे । शाहबाज अहमेदले १४ तथा देबदुत पडिकलले ११ रन बनाएर आउट भए ।
केली जेमिसनले १२ रन बनाए ।
हैदरावादका जासन होल्डरले ३ विकेट लिए । राहिद खानले २ तथा भुवनेश्वर कुमार,शाहबाज निदम र टी- नटराजनले एक एक विकेट लिए ।















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)