बुधबार, १६ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

वर्ष समिक्षा – जुर्मुराउँदै नेपाली क्रिकेट

बुधबार, ०१ बैशाख २०७८दिपेश तिमल्सिना
वर्ष समिक्षा – जुर्मुराउँदै नेपाली क्रिकेट
Classic Tech Internet Ad

काठमाडौं‌ । केही भ्रम थिए । जब क्रिकेट गतिहिन थियो, धेरैले क्यान निलम्बनको कारण दिन्थे । आईसीसीको प्रतिबन्धले क्रिकेटले गति नलिएको धेरैको दाबी थियो ।

प्रतिबन्ध आंशिक फुकुवा भयो । नयाँ क्यान आयो । तर के क्रिकेटले गति लियो ?

सुरुवाती एक वर्षको नतिजा सुखद रहेन । कोरोनाको प्रभाव त छँदै थियो, क्यानको कार्यशैली पनि मुख्य जिम्मेवार रह्यो ।
क्रिकेटले गतिनै लिएन ।

बल्ल क्याननै महत्वपूर्ण रहनेछ भन्ने धेरैले तत्वबोध गरे ।

क्रिकेट बन्न त सही नेतृत्व र सही सपना हुनुपर्ने रहेछ ।

सुरुवातको एक वर्ष नेपाली क्रिकेटमा नेतृत्वको स्खलन र विचार शुन्य कार्यशैली प्रस्ट देखियो ।

अन्तराष्ट्रिय रुपमा प्रचुर सम्भावना बोकेको क्रिकेटले आफ्नो वार्षिक क्यालेन्डरनै सार्वजनिक गर्न सकेन । जे आउँछ, मज्जाले पचाउँछ शैलीले नेतृत्वले काम गरेको देखियो ।

आईसीसीको क्यालेन्डर अनुसार नेपालले खेल्ने विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गतका खेल पनि कोरोनाका कारण बारम्बार स्थगित बनेपछि नेपाली क्रिकेटर एक बर्षभन्दा बढी समय प्रतियोगिता विहिन रहे । तर वर्ष २०७७ को अन्तिम समय नेपाली क्रिकेटमा केही आशलाग्दो काम भएको छ । क्यानले आफुलाई सुधार गर्न चाहेको देखिन्छ ।

क्यानले यस वर्षको अन्तिम समयमा गरेका केही निर्णय तथा प्राप्त सफलताले भने क्रिकेटमा उत्साह थपिदिएको छ ।

लामो समयको निलम्बनपछि २०७६ साल कार्तिकमा आएको क्यानको नयाँ कार्यसमितिले सुरुवाती दिनमा खासै काम गर्न सकेन । निर्वाचनको करिब ६ महिनाको दौरान निलम्बन फुकुवाका लागि दौडिएको क्यान त्यसपछि कोरोना महामारीको चपेटामा पर्यो । कोरोनाकै बाहानामा यो वर्षको सुरुवातमा क्यानले भर्चुअल बैठक बस्नु बाहेक अन्य काम देखाउन सकेन ।

तर, २०७७ असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय महिला खेलाडीका लागि ऐतिहासिक निर्णय गर्यो । बैठकलले महिला खेलाडीलाई पहिलो पटक आफ्नो केन्द्रिय सम्झौतामा जोड्दै मासिक भत्ता दिने निर्णय गर्यो ।

पहिलो पटक २२ महिला खेलाडीको वर्गीकरण गर्दै क्यानले ए, बी र सी गरी तीन श्रेणीमा भत्ताको व्यवस्था गर्यो । महिलातर्फ ए श्रेणीका खेलाडीले मासिक १५ हजार, बीले १२ र सी श्रेणीका खेलाडीले १० हजार रुपैयाँ पाउने निर्णय गर्यो । क्यानले गरेको यो निर्णयले पुरुष र महिला खेलाडीबीचको विभेद भने देखाएको भन्दै आलोचना भयो ।

May be an image of 19 people and people standing

महिला खेलाडीतर्फ ए श्रेणीले १५ हजार पाउदा पुरुषतर्फका खेलाडीले ५० हजार मासिक भत्ता पाउने क्यानको निर्णय थियो । जुन महिला खेलाडीको तलब भन्दा तीन गुणा बढी हो । तर, सम्झौतामानै नरहेका महिला खेलाडीलाई पहिलो पटक मासिक भत्ता दिने क्यानको निर्णय भने आफैमा प्रशंसनीय थियो ।

पुष २ गते क्यानले हाई प्रोफाईलका अस्ट्रेलियन प्रशिक्षक डेभ वाटमोरलाई जनवरी १ बाट लागु हुने गरि राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गर्यो । श्रीलंकाली राष्ट्रिय टिमपछि बंगलादेश, पाकिस्तान र जिम्बाब्वेको राष्ट्रिय टिमको प्रशिक्षक बनिसकेका वाटमोर राष्ट्रिय क्रिकेट टोलीले पाएको अहिलेसम्मकै सबैभन्दा ठुलो नामका प्रशिक्षक हुन् । तर उनको प्रशिक्षणमा नेपाली टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । उनले राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन भने सुरु गरिसकेका छन् ।

श्रीलंकाको कोलम्बोमा जन्मिएका ६६ वर्षीय ह्वाटमोरले अस्ट्रेलियाको राष्ट्रिय टिमलगायत विभिन्न क्लबबाट खेलेका थिए । दायाँहाते ब्याट्सम्यान ह्वाटमोरले ७ टेस्ट र एक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलका छन् ।

कोरोनाले पारो विस्तारै तल झर्न थालेपछि क्यानले घरेलु क्रिकेटलाई चलायमान बनाउन प्रधानमन्त्री कप क्रिकेटको तयारी थाल्यो । क्यानले सबै प्रदेशमा पीएम कपका लागि छनोट खेलको आयोजना गर्यो । क्यानले दाङको लमहीस्थित राष्ट्रिय क्रिकेट मैदानमा पुस ११ देखि १९ गतेसम्म प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको आयोजना गर्यो । सो प्रतियोगिताको उपाधि प्रदेश १ ले जितेको थियो । फाइनलमा विभागीय टोली एपीएफ क्लबलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले उपाधि चुमेको थियो ।

May be an image of 2 people, people sitting and indoor

लगत्तै, क्यानले माघ २ देखि १७ गतेसम्म प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगिताका खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानीमा संचालन भएका थिए । प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जित्यो । अर्को विभागीय टोली एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको थियो ।

फागुनमा काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले काठमाडौं मेयर कप क्रिकेटको आयोजना गर्यो । यस प्रतियोगितामा माघमा भएको प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनल खेलेका चार टिम र काठमाडौं मेयर–११ टिमसहित पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको उपाधि नेपाल पुलिसले जित्यो ।

ललितपुर महानगरपालिकाको सहयोगमा क्यानले ललितपुर मेयर महिला कप टी–ट्वान्टी क्रिकेटको आयोजना गर्यो । फागुन २२ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा संचालन भएको मेयर कपको उपाधि एपीएफले जितेको थियो । फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै एपीएफले पहिलो ललितपुर मेयर महिला कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

ललितपुर मेयर महिला कप टी–ट्वान्टी क्रिकेट चलिरहदा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट अवार्ड पायो । कोरोना भाईरसको महामारीको दौरान पनि क्रिकेट विकासका लागि क्यानले गरेको पहल र कदमलाई उच्च मुल्यांकन गर्दै आईसीसीले अवार्ड प्रदान गरेको थियो । जुन अवार्ड प्राप्त गर्ने नेपाल विश्वका पाँच देशमध्ये एक हो ।

May be an image of 25 people and people standing

क्यानले बर्षको अन्तिममा अन्तर्राष्ट्रिय प्रतियोगिताको योजना बनाउन सफल भयो । महामारीका कारण राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न नपाएको अवस्थामा क्यान आफैले घरेलु मैदानमा क्रिकोणात्मक टी–ट्वान्टी सिरिजको आयोजना गर्दैछ ।

नेपालले घरेलु मैदानमा बैशाख ४ गतेदेखि नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दैछ । त्यसपछि त्रिवि क्रिकेट मैदानमानै नामिबियासँग एकदिवसीय सिरिज खेल्ने क्यानले निर्णय गरिसकेको छ । क्यानका अनुसार नेपालले नामिबियासंग मे महिनाको तेस्रो साताबाट एकदिवसीय क्रिकेट सिरिज खेल्ने तयारी गरेको छ ।

त्यस्तै, नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले पनि भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने भएको छ । नेपालले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसंग सिरिज खेल्ने पक्का भएको हो । नेपालले भारतीय स्टेट टिमसँग टी–ट्वान्टी र एकदिवसीय मैत्रीपूर्ण सिरिज खेल्नेछ ।

पछिल्लो पाँच महिनामा क्यानले सम्पन्न गरेका प्रतियोगिता र आयोजनाको तयारीमा रहेका प्रतियोगिताको क्यालेन्डर हेर्दा नेपाली क्रिकेट पुन जुर्मुराएको देखिन्छ । क्यानको कार्य समितिभित्र जस्तो सुकै कचिङ्गल देखिएपनि छोटो समयमा क्यानले गरेका निर्णय प्रशंसनीय छ । वर्षको अन्तिममा यू–१९ क्रिकेटलाई अघि बढाउन चौधरी ग्रुपको वाइवाइसँग क्यानले ५ वर्षको सम्झौता गरेको छ ।

यसले ग्रासरुट क्रिकेट र युवा क्रिकेट विकासमा महत्वपूर्ण योगदान गर्न सक्छ । पछिल्लो सम्झौताले क्रिकेट संघले विस्तारै गति लिन थालेको देखिन्छ । तमाम कमजोरीका बीच पछिल्लो समय क्रिकेटको गतिविधि बढाउन र आर्थिक अभावका बीच राष्ट्रिय टिमलाई चलायमान बनाउन क्यानको देखाएको तदारुपता प्रशंसनीय छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

राजनीतिमा होमिए ज्ञानेन्द्र, छिरे रास्वपा

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

Bajaj Pulsar Motorcycle Ad
टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

टाइब्रेकरमा चर्च बोइज भाग्यमानी

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

कोशीको रोमाञ्चक जित, क्वार्टरफाइनलमा पुलिससँग भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

क्वार्टरफाइनलमा हेल्प नेपाल र बूढानिलकण्ठ भिड्ने

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष  बैठक छाडेर निस्किए !

आगामी २८ माघमा एन्फा निर्वाचन, उपाध्यक्ष बैठक छाडेर निस्किए !

 प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी  क्वार्टरफाइनलमा

प्रताप नायक बनेसँगै आयोजक त्रिवेणी क्वार्टरफाइनलमा

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

एन्फा चुनाव माघ २८ गते गर्न प्रस्ताव !

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

आर्मी र पुलिसको भेट सेमिफाइनलमै

भीएआरसँग हार्‍यो युनाइटेड

भीएआरसँग हार्‍यो युनाइटेड