काठमाडौं । पहिलो संस्करणको ललितपुर मेयर कप महिला टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि १ सय २८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय २७ रन बनायो ।
एपीएफका लागि ज्योति पाण्डेले ५९ रनको अर्शतकीय इनिङ्स खेलिन् ।
यस्तै सरिता मगरले अविजित ३५ रन जोड्दा इन्दु बर्मा ४ रनमा अविजित रहिन् ।
कप्तान सरिता राना मगर १६ रनमा आउट भईन् ।
सुदूरपश्चिमकी कविता जोशी र सुनिता लुहारले १/१ विकेट लिईन् ।
एपीएफ र सुदूरपश्चिम लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेका छन् ।
पहिलो खेलमा दुबै टिमले जित निकालेका थिए ।
एपीएफले पहिलो खेलमा प्रदेश-१ लाई ८ विकेटले हराएको थियो ।
सुदूरपश्चिमले ललितपुर मेयर्स-११ लाई ७ विकेटले हराएको थियो ।