दाङ । पश्चिम रुकुमले जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा डल्फिन फिड कैलालीलाई ३-२ को सेटमा पराजित गर्दै पश्चिम रुकुम च्याम्पियन बनेको हो ।
उपाधि जित्ने क्रममा पश्चिम रुकुमले डल्फिनविरुद्ध २७-२५,२२-२५,१५-२५,२५-१९ र १५-११ को सेटमा जित निकाल्यो ।
उपाधिसँगै पश्चिम रुकुमले १ लाख नगद हात पार्यो । उपविजेता बनेको डल्फिनले ५० हजार प्राप्त गर्यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पश्चिम रुकुमका विशाल बिक चुनिए ।
राईजिङ प्लेयर पिवाईसी रुकुमका दिनेश बाठा, उत्कृष्ट क्वीकर पश्चिम रुकुमका महेन्द्र चौधरी, उत्कृष्ट डिफेन्डर डल्फिनका राजन दर्लामी मगर, उत्कृष्ट ब्लकर कैलालीका हेमन्त मल्ल, उत्कृष्ट स्पाईकर दुर्गा बहादुर सुनार र उत्कृष्ट प्रशिक्षक डल्फिनका ज्ञानेन्द्र बिस्ट चुनिए ।