बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
Bhat Bhateni Supermarket Ad

कास्कीलाई हराउँदै स्याङ्जा क्वाटरफाइनलमा

मंगलबार, ०४ फाल्गुण २०७७खेलपाटी संवाददाता
कास्कीलाई हराउँदै स्याङ्जा क्वाटरफाइनलमा
Classic Tech Internet Ad

पोखरा । स्याङ्जा जिल्ला भलिबल संघ पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा मंगलबार आयोजक कास्कीलाई २-० को सेटमा पराजित गर्दै स्याङ्जा क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

समूह 'ए' मा रहेको स्याङ्जाले कास्कीलाई २५-१९ र २५-१८ ले हराएको हो ।

जितसँगै स्याङ्जाले ३ अंक जोड्यो । स्याङ्जा समूह विजेता बन्यो ।

यस समूहबाट कास्की पनि क्वाटरफाइनलमा पुगेको छ ।

यस समूहमा दुई टिम रहेको कारण दुबै टिम क्वाटरफाइनलमा पुगेका हुन् ।

No description available.

पुरुषतर्फको अर्को खेलमा तनहुँले मुस्ताङलाई २-० को सेटमा हराएको छ ।

तनहुँले मुस्ताङलाई २५-१७ र २५-९ ले पराजित गरेको हो ।

जितसँगै समूह 'बी' को तनहुँले ३ अंक जोडेको छ । यस समूहबाट क्वाटरफाइनलमा पुग्ने टोलीको तय बुधबार हुनेछ ।

पुरुषतर्फको दुई खेल भने वर्षाको कारण स्थगित भएको छ । स्थगित खेल बुधबार हुने आयोजकले जनाएको छ ।

महिलातर्फ म्याग्दी र पर्वत क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

म्याग्दीले २-० को सोझो सेटमा नवलपुरलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

म्याग्दीले नवलपुरमाथि २५-५ र २५-१५ को सेटमा हराएको हो । जितसँगै समूह 'ए' को म्याग्दीले ३ अंक जोडेको छ ।

म्याग्दी समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो । नवलपुर पनि समूह उपविजेता बनेर क्वाटरफाइनलमा पुगेको छ ।

यस समूहमा दुई टिम रहेको कारण दुबै टिम क्वाटरफाइनलमा पुगेका हुन् ।

यस्तै दोस्रो खेलमा पर्वतले स्याङ्जालाई २५-१४ र २५-६ को सोझो सेटमा पराजित गर्यो । जितपछि समूह 'सी' को पर्वतले ३ अंक जोडेको छ ।

पर्वत समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको छ । यस समूहमा पनि २ टिम रहेको कारण स्याङ्जा पनि क्वाटरफाइनलमा पुगेको छ ।

महिलातर्फको अर्को खेलमा तनहुँ जिल्लाले लमजुङलाई २–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

तनहुँले लमजुङमाथि २५-१४ र २५-६ को सेटमा जित निकाल्यो । जितसँगै समूह 'बी' को तनहुँले ३ अंक जोड्यो ।

यस समूहबाट क्वाटरफाइनलमा पुग्ने टोलीको तय बुधबार हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ १० जिल्ला र महिलातर्फ ९ जिल्लाको सहभागिता रहेको छ ।

पाँच दिन चल्ने प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

Bajaj Pulsar Motorcycle Ad
 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

नवौं एनभीए  च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

नवौं एनभीए च्याम्पियनसिप : पहिलो दिन नै पुलिसका दुवै टोलीको खेल

डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित