एजेन्सी । पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटमा मोहमद रिजवानले मुल्तान सुल्तान्सको कप्तानी गर्ने भएको छ ।
पीएसएलको फ्रेन्चाइज टिम सुल्तान्सले सोमबार रिजवानलाई कप्तान चयन गरेको हो ।
सुल्तान्सले शान मासुदको स्थानमा रिजवानलाई कप्तानी दिएको हो ।
रिजवान यसै सिजनका लागि सुल्तान्समा अनुबन्धित भएका हुन् । ड्राफ्टबाट सिल्भर क्याटेगोरीमा सुल्तान्सले उनलाई अनुबन्ध गरेको थियो ।
पीएसएलको नयाँ सिजन फेब्रुअरी २० बाट सुरु हुँदैछ ।
यस वर्ष प्रतियोगिता दर्शकसहितको रंगशालामा आयोजना हुनेछ ।
तर, सिमित दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति दिईने छ ।
सरकारले रंगशालाको दर्शक क्षमताको २० प्रतिशतलाई मैदान पुगेर खेल हेर्न अनुमति दिएको छ ।
जसअनुसार कराचीमा ७ हजार ५ सय दर्शकले रंगशालामा बसेर खेल हेर्न पाउने छन् ।
यस्तै लाहोरमा ५ हजार ५ सय दर्शकले मैदानमा प्रवेश पाउने छन् ।
प्ले अफ र फाइनलमा भने मैदान प्रवेश पाउने दर्शकको संख्या बढाईने बताईएको छ ।