बुटवल । नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट अन्तर्गतको 'बी' डिभिजनमा ज्ञानोदय क्रिकेट क्लबले पहिलो जित दर्ता गरेको छ ।
भैरहवाको सिदार्थ रंगशालामा सोमबार शंकरनगर क्रिकेट क्लबलाई २८ रनले हराएर ज्ञानोदयले पहिलो जित निकालेको हो ।
पहिले ब्याटिङ गरेको ज्ञानोदयले ३३ ओभर ३ बलमा अलआउट भएर १ सय ३० रन बनाएको थियो ।
उसका लागि महेश रानाले ४६ रन बनाए । सोनु मल्लले १६, करण बिकले १२ र सुनिल धमलाले ११ रन बनाए ।
शंकरनगरका अखिलेश यादवले ३ विकेट लिए ।
ज्ञानोदयले दिएको १ सय ३१ रनको लक्ष्यसहित ब्याटिङ गरेको शंकरनगर ३० ओभर १ बलमा अलआउट भएर १ सय २ रनमा समेटियो ।
शंकरनगरका बिराट भण्डारीले २८ रन जोड्दा केशव पौडेलले २४ रन बनाए ।
ज्ञानोदयका सुनिल धमलाले ५ विकेट लिए । उनि म्यान अफ द म्याच चुनिए ।
पहिलो खेलमा ज्ञानोदय बुटवल क्रिकेट क्लबसँग पराजित भएको थियो ।
लिगमा १२ टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५/५ हजार प्रदान गरिने छ ।