शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

लुम्बिनीको दोस्रो जित, सुदूरपश्चिम बाहिरियो

शनिबार, १० माघ २०७७खेलपाटी संवाददाता
लुम्बिनीको दोस्रो जित, सुदूरपश्चिम बाहिरियो
Classic Tech Internet Ad

काठमाडौं । लुम्बिनी प्रदेशले राजधानीमा जारी प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा शनिबार सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले दोस्रो जित निकालेको हो ।

सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।

लुम्बिनीको जितमा सौरभ खनालले अविजित रहदै सर्वाधिक रन १८ रन जोडे ।

प्रकाश केसी १७ रनमा अविजित रहदा कप्तान कृष्ण कार्कीले १५ रन बनाए ।

सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रन जोडे ।

कप्तान सन्तोष भट्टले ११ रन जोडे । तीन खेलाडी सुन्यमा आउट हुँदा सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए ।

यस्तै अनिल खरेल र बिक्रम भुसालले २/२ विकेट लिए ।

जितसंगै समूह 'बी' को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ ।

लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ ।

लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई ७७ रनले हराएको थियो ।

दोस्रो खेलमा भने लुम्बिनी पुलिससँग ७४ रनले पराजित भएको थियो ।

सुदूरपश्चिमको यो लगातार तेस्रो हार हो ।

यस हारसंगै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा सुदूरपश्चिम बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा पुलिससँग ९ विकेटले पराजित भएको थियो ।

अंक विहीन सुदूरपश्चिम पुछारमा रहेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

लगातार २ खेलमा बेन्चमा बसे सन्दीप

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

ग्रासरुट क्रिकेट विकासबारे बेलायतमा छलफल

Bajaj Pulsar Motorcycle Ad
उपाधिका लागि पुलिस र डायमण्ड तथा आर्मी र हेल्प नेपाल भिड्दै

उपाधिका लागि पुलिस र डायमण्ड तथा आर्मी र हेल्प नेपाल भिड्दै

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

क्रिकेटर  अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

क्रिकेटर अर्पितलाई भाटभटेनीको १० लाखको प्रायोजन

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा