एजेन्सी । घरेलु टिम बंगलादेशले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ ।
ढाकामा शुक्रबार वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै बंगलादेशले एक खेल अगाबै सिरिज २-० ले आफ्नो बनाएको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ४९ रनको लक्ष्य बंगलादेशले ३३ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।
बंगलादेशको जितमा कप्तान तमिम इकबालले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै शकिब अल हसनले अविजित ४३ रन जोड्दा लिटोन दासले २२ रन बनाए ।
वेस्ट इन्डिजका अकिल होसेन, जासन मोहमद र रेमन रिफरले १/१ विकेट लिए ।
यस अघि वेस्ट इन्डिजले ४३ ओभर ४ बलमा अलआउट हुँदै १ सय ४८ रन बनाएको थियो ।
वेस्ट इन्डिजका रोभम्यान पावेलले ४१ रन बनाए । यस्तै ओट्लीले २४ रन जोड्दा एनकुर्माह बोनरले २० बनाए ।
बंगलादेशका मेडी हसनले ४ विकेट लिए । शकिब अल हसन र मुस्ताफिजुर रहमानले २/२ विकेट लिए ।
जितसंगै बंगलादेशले ३ खेलको एकदिवसीय सिरिजमा २-० को अग्रता समेत बनाएको छ ।
आईसीसी क्रिकेट विश्वकप सुपर लिग अन्तर्गतको अन्तिम खेल सोमबार हुनेछ ।