काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा प्रदेश-२ ले बागमती प्रदेशलाई जितका लागि १ सय ८० रनको सामान्य लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश-२ ले ४८ ओभर २ बलमा अलआउट हुँदै १ सय ७९ बनायो ।
प्रदेश-२ का लागि विवेक यादवले ६६ अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कुमार थापाले २२ रन जोड्दा राहुल प्रताप सिंहले १८ रन बनाए ।
सुधिर चौधरीले १५ र कप्तान सुरज कुर्मीले १३ रनमा आउट भए ।
प्रदेश-२ लाई सस्तैमा समेट्न बागमतीका गौतम केसीले ४ विकेट लिए । उनले मात्र २९ रन खर्चिए ।
रामनरेश गिरीले २ तथा नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १/१ विकेट लिए ।
आज बागमती लगातार तेस्रो जितको खोजीमा रहेको छ ।
बागमतीले यस अघि पुलिस र सुदूरपश्चिमलाई हराएको थियो ।
समूह 'बी' को बागमतीले २ खेलमा ४ अंक जोडेको छ ।
बागमती तालिकाको शीर्ष स्थानमा रहेको छ ।
प्रदेश-२ भने पहिलो जितको खोजीमा रहेको छ ।
पहिलो खेलमा प्रदेश-२ लुम्बिनीसँग पराजित भएको थियो ।